८ मंसिर, २०८१ शनिबार
03:58:15 PM
१४ चैत, २०७८
कम्पनीले आगामी असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको साधारण सेयर (आइपीओ) सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असारभित्रै सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको साधारण सेयर (आइपीओ) सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । इन्स्योरेन्स कम्पनीले २०७९ सालको क्यालेन्डर सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बताउनुभयो । क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरु उमेशलाल श्रेष्ठ र सुरेश सापकोटाको उपस्थिति रहेको थियो। ३ वर्षअघि सञ्चालनमा आएको यस कम्पनीको हाल ६५ वटा शाखा तथा उपशाखा रहेको छन् । यस्तै ३ वर्षको अवधिमा इन्स्योरेन्स कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ ।