१ मंसिर, २०८१ शनिबार
12:19:09 PM
१४ चैत, २०७८
कम्पनीले फागुन ३० गतेदेखि इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
काठमाडौं ।
कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज (चैत १४ गते सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ३० गतेदेखि इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । सो सेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ।
उक्त सेयरमा विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।