८ जेठ, २०८१ मंगलबार

09:15:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईतबार सार्वजनिक विदा

२ पुस, २०७८

सरकारले आईतवार एक दिनका लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आईतबार सार्वजनिक विदा

पौष २, काठमाण्डौ

सरकारले आईतवार एक दिनका लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । 
पुष ४ गते परेको उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । यसैगरी काठमाण्डौं उपत्यकामा ४ गते आईतवार सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्ति निकाले जानकारी दिएको छ । 
नेपालभर उधौली पर्व, योमरी पुन्ही मनाउनेहरुका लागि विदा दिइएको छ भने काठमाण्डौ उपत्याकामा सबैका लागिसार्वजनिक विदा दिएको विज्ञप्तिमा उल्लेख छ ।