७ मंसिर, २०८१ शुक्रबार
07:17:13 AM
१४ चैत, २०७८
उक्त सेयरको न्यूनतम मूल्य १ सय ५० रुपैयाँ तोकिएको छ ।
काठमाडौं ।
गुडविल फाइनान्स कम्पनी लिमिटेडले आज (चैत्र १४ गते, सोमबार) बाट संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । कम्पनीले ९३ हजार ४ सय ८९ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त लिलामी सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले चैत्र २८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य १ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेस गर्न सक्नेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकोे छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।