६ मंसिर, २०८१ बिहिबार
09:04:54 PM
१३ चैत, २०७८
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दर कायम गरेको छ ।
काठमाडौं ।
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
२०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दर कायम गरेको छ । शिक्षा संरक्षण बीमालेखमा बीतिमले बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ६० देखि ७० रुपैयाँसम्म बोनस दर पाउने छन् ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने बीतिमले न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् । उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।
साथै, आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा पनि सोही बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।