१ मंसिर, २०८१ शनिबार

02:12:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कसले–कसले दिन पाउन्छन् आवेदन ?

Nepal Business

१३ चैत, २०७८

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कसले–कसले दिन पाउन्छन् आवेदन ?

काठमाण्डौं–आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर भर्ने आइतबार (आज) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २२ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेको थियो।

कम्पनीले १ः०.४० अनुपातमा चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

हकप्रद सेयर खरिदका लागि माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सक्नेछन्।

कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। कम्पनीको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।