७ मंसिर, २०८१ शुक्रबार
07:00:23 AM
१३ चैत, २०७८
काठमाण्डौं–अपि पावर कम्पनी लिमिटेडको ०.३९३६ प्रतिशत हकप्रद सुरक्षित गर्ने आइतबार (आज) अन्तिम दिन रहेको छ।
आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो।
यस्तै कम्पनीले चैत्र २५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ।
कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल बैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, अपि पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुत्तिलनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर, दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ।