२४ बैशाख, २०८१ सोमबार

04:53:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘मिसेस व्यूटी क्वीन’ को उपाधि मञ्जुले चुमिन्

Nepal Business

१३ चैत, २०७८

उहाँले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नुभएको छ ।

 ‘मिसेस व्यूटी क्वीन’ को उपाधि मञ्जुले चुमिन्

काठमाडौँ

‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले चुम्नुभएको छ । 

सिजन मिडियाद्धारा शनिबार आयोजित समराोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि चुम्न सफल हुनुभएको हो । 

सिजन मिडियाद्धारा शनिबार आयोजित समराोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि चुम्न सफल हुनुभएको हो । उहाँले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नुभएको छ ।

काठमाडौँमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनर अप हुन सफल हुनुभयो । 

प्रतियोगितामा सावित्री पाण्डे र सीता  पाण्डे क्रमश थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ । 

अन्तिम प्रतिष्पर्धामा निरु सिंहले इलिगेन्स अवाड, सविता पोखरेलले व्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामांग गुरुंगले इनोसेन्ट, दुर्गालामिछानेर इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो । 

यस्तै  सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलील्े  डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मिना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ । 

कुल २० प्रतिष्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिष्पर्धामा सहभागि हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो । 

उहाँले महिलाको प्रतिभालाई उजागर गर्दै उनीहरुको आतमविश्वास बढाउनका लागि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।