१ मंसिर, २०८१ शनिबार
03:30:17 PM
१२ चैत, २०७८
अब हाम्रा सहरहरूको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।
काठमाण्डौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गर्नु भएको छ । मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा उहाँले एकीकृत सहरी विकास कार्यक्रम नयाँ रहेको र यसलाई बजेटमा समावेश गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताउनु भयो।
एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै उहाँले यस कार्यक्रमको लागि थप बजेट आवश्यक छ भन्नुभयो । यसैगरी उहाँले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउनु भयो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताउनु भयो।
मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, मन्त्रालयले सहरीकरणमा थुप्रै राम्रा काम गरिरहेको छ ।
अब हाम्रा सहरहरूको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ । कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्छ भन्नुभयो ।