२० बैशाख, २०८१ बिहिबार

01:04:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडकको विषयमा झडप हुँदा सांसद प्रमोद शाह घाइते

Nepal Business

१२ चैत, २०७८

टाउकोमा चोट लागेका साहलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

सडकको विषयमा झडप हुँदा सांसद प्रमोद शाह घाइते

सर्लाही । सडकको विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपहुँदा  प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते हुनु भएको छ । 

नगरपालिकाको वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा केही दिनअघि फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । स्थानीय युवाले क्लबको भवन सोही ठाउँमा बनाउनुपर्ने भनिरहँदा सांसद साहले अर्को ठाउँमा बनाउनुपर्ने बताएपछि दुई पक्षबीच विवाद भएको हो ।

सोही विवादका क्रममा झडप भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान गर्नेक्रम जारी रहेको प्रहरीले बताएको छ ।