२३ बैशाख, २०८१ आइतबार

10:43:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिक्षक आवेदन शुल्क पाँच हजार तोक्ने कुडारी माविको सर्वत्र विरोध

Nepal Business

१ पुस, २०७८

पौष १, काठमाण्डौ 

जुम्लाको तिला गाउँपाकिा–३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क रु पाँच हजार राखेर विज्ञापन गर्दा विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित छ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ । विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि रु चार÷चार हजार तथा मावि शिक्षकका लागि रु पाँच÷पाँच हजार आवेदन दस्तुर तोकेको छ ।

यद्यपि बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर रु एक हजार उल्लेख गरेको छ । उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरित तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताउनुभयो ।

“शिक्षक सेवा आयोगले प्रावि तहको रु ५००, निमाविका लागि रु ८०० र माविका लागि रु एक हजार मात्र लिन्छ”, शाखा अधिकृत भण्डारीले भन्नुभयो, “स्थानीय सरकार कता छ ? यो हदभन्दा बढी भएन र भन्या ?” त्यस्तै भानुभक्त माध्यमिक विद्यालय बारबर्दिया नगरपालिका–७ बर्दियाका प्रधानाध्यापक करबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत ऐन, नियमावली विपरित शुल्क तोक्न नहुने बताउनुभयो । उहाँले कुनैपनि विद्यालयले मनोमानी तरिकाले शुल्क लिन नपाइने कानूनी प्रावधान रहेको प्रतिक्रिया दिनुभयो ।