६ जेठ, २०८१ आइतबार

08:55:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओडिआई क्रिकेटमा दीपेन्द्रसिंहको शतक

Nepal Business

१२ चैत, २०७८

ओडिआई क्रिकेटमा दीपेन्द्रसिंहको शतक

काठमाण्डौं । दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ओडीआई क्रिकेटमा पहिलो शतक प्रहार गर्नु भएको छ  ।

पपुवा न्यु गिनीविरुद्ध त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार भइरहेको खेलमा शतक पूरा गर्नुभएको दीपेन्द्र नेपालका लागि शतक हान्ने तेस्रो खेलाडी हुनुहुन्छ ।

यसअघि सन् २०१९ मा पारस खड्काले यूएईविरुद्ध पहिलो शतक प्रहार गरेका गर्नु भएको थियो भने पिएनजीविरुद्ध शुक्रबार भएको खेलमा रोहित पौडेलले टीयू मैदानमै शतक बनाउनु भएको थियो ।

दीपेन्द्रले ४७औं ओभरको तेस्रो बलमा शतक बनाउनु भएको हो । उहाँले १३६ बल ६ चौकाको मद्दतमा  शतक पूरा गर्नुभयो ।