६ जेठ, २०८१ आइतबार

06:02:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पीएनजी विरुद्धको पहिलो खेलमा नेपाल पराजित, दोस्रो खेल शनिबार हुने

११ चैत, २०७८

पीएनजी विरुद्धको पहिलो खेलमा नेपाल पराजित, दोस्रो खेल शनिबार हुने

काठमाण्डौं–पुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो।

२ सय ९३ रनको ठुलो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो। रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन। नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले  रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो।

नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन्।

पीएनजीका नोरमान भानुअले ३ विकेट लिए। यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो। 

नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।

नेपालले शनिबार पीएनजीबिरुद्ध अर्को एक दिवसीय क्रिकेट खेल्नेछ।