१७ फागुन, २०८२ आइतबार

09:08:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिलायबल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

११ चैत, २०७८

रिलायबल सावधिक जीवन बीमालेखमा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरिएको कम्पनीले जनाएको छ ।

रिलायबल लाइफले सार्वजनिक  गर्यो नयाँ बोनस दर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

काठमाडौँ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले चैत ६ गते बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनस दर सार्वजनिक गरेको हो । रिलायबल सावधिक जीवन बीमालेखमा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरिएको कम्पनीले जनाएको छ ।

यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ । रिलायबल लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरुका लागि कम्पनीले प्रति हजार ३० रुपैयाँ बोनस दर कायम गरेको छ ।

बीमा समिति लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरुका लागि कम्पनीले प्रति हजार ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै, कम्पनीको रिलायबल सजिलो जीवन बीमा(एकल तथा सीमित अवधि भुक्तानी) मा सबै बीमालेखहरुका लागि प्रति हजार १३ रुपैयाँ बोनस दर कायम भएको छ ।

रिलायबल सुलभ जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार कम्पनीले प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३२.५ रुपैयाँ बोनस दर तोकेको छ । त्यसैगरी, रिलायबल उच्च शिक्षा योजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँ तोकिएको छ ।  

सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजारण ३० रुपैयाँ बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्म बोनस पाइनेछ । रिलायबल समुन्नती जीवन बीमा योजनामा सबै बीमा अवधिहरुमा प्रति हजार २० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।