१ मंसिर, २०८१ शनिबार

02:09:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ११ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

११ चैत, २०७८

यो साता नेप्सेमा ११ कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेमा ११ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं ।
यो साता नेप्सेमा ११ कम्पनीको सेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा सूचिकृत भएका कम्पनीहरु यसप्रकार छन्ः

१. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार ४ सय ८२ कित्ता सेयर सूचिकृत भएको हो ।

२. मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

नेप्सेमा मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको ४० प्रतिशत बोनस बापतको ३८ लाख ६१ हजार ५ सय ७९ दशमलव ५६८० कित्ता सेयर सूचिकृत भएको हो ।

३. नारायणी डेभलपमेन्ट लिमिटेड

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद बापतको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । बैंकले पुस ७ गतेदेखि माघ १२ गतेसम्म १ः१को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

४. साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

५. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३६ लाख २५ हजार ५ सय ८५ दशमलव ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

६. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८ सय ८८ दशमलव ८० कित्ता सेयर सूचिकृत भएको हो ।

७. नेपाल एसबीआई बैंक लिमिटेड

नेपाल एसबीआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस बापतको ३३ लाख २२ हजार ७ सय ५२ दशमलव २६०३ कित्ता सेयर सूचिकृत भएको हो ।

८. पोखरा फाइनान्स कम्पनी लिमिटेड

पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस बापतको ७ लाख ७७ हजार ७ सय ४० दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।

९.एभरेष्ट बैंक लिमिटेड

नेप्समा एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस बापतको ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता सेयर सूचिकृत भएको हो ।

१०. एनएमबि बैंक लिमिटेड

एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस बापतको २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको हो ।

११. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्समा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता सेयर सूचिकृत भएको हो ।