७ मंसिर, २०८१ शुक्रबार
06:43:16 AM
११ चैत, २०७८
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं ।
लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटलले “आईडियो टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।