१ मंसिर, २०८१ शनिबार

02:13:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

११ चैत, २०७८

शुक्रबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

शुक्रबार नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं ।
आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

शुक्रबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार ४ सय ८२ कित्ता सेयर सूचिकृत भएको हो । त्यस्तै, नेप्सेमा मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको ४० प्रतिशत बोनस बापतको ३८ लाख ६१ हजार ५ सय ७९ दशमलव ५६८० कित्ता सेयर सूचिकृत भएको हो ।