१ मंसिर, २०८१ शनिबार

02:21:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन लाईफको वार्षिक साधारणसभा शुक्रबार, आइपीओ जारी गर्ने मुख्य एजेण्डा

११ चैत, २०७८

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा आज (शुक्रबार) अलोफ्ट ठमेल काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सिटिजन लाईफको वार्षिक साधारणसभा शुक्रबार, आइपीओ जारी गर्ने मुख्य एजेण्डा

काठमाडौं ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज (चैत्र ११ गते शुक्रबार) बस्दै छ  । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा आज (शुक्रबार) अलोफ्ट ठमेल काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका बिषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।