७ मंसिर, २०८१ शुक्रबार

02:25:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल हाइड्रोपावरको स्थगित साधारणसभा शुक्रबार बस्दै

११ चैत, २०७८

कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेशनल हाइड्रोपावरको स्थगित साधारणसभा शुक्रबार बस्दै

काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (चैत ११ गते शुक्रबार) बस्दै छ । यसअघि गणपुरक संख्या नपुगेर स्थगित भएको नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा शुक्रबार बस्न लागेको हो ।  

सभा डेलिस ओपेरा रेष्ट्रो, बालुवाटार काठमाडौँमा दिउसो १ बजेदेखि सुरू हुनेछ । गत फागुन ३० गते आवश्यक गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित भएको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।   साथै कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ  ।