९ मंसिर, २०८१ आइतबार
05:08:27 PM
११ चैत, २०७८
सीडीएसका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकबाट एक अर्ब ९५ करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख ३४ हजार ५सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।
काठमाडौं ।
ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (चैत ११ गते शुक्रबार) अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
सीडीएसका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकबाट एक अर्ब ९५ करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख ३४ हजार ५सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ६.८० गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा लगानीकर्ताले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा तोकिएको जति आवेदन नपरेमा चैत २२ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।