६ मंसिर, २०८१ बिहिबार
04:52:48 PM
११ चैत, २०७८
रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने
एजेन्सी । युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ ।
रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो ।
अमेरिकाले अरु एक अरब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ । सो रकम यूक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार, मानवीय सहायता अन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्री लगायतका सहयोग प्रदान गरिने भएको हो ।