१६ बैशाख, २०८१ आइतबार

08:53:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पश्चिमा मुलुकले रुसको तेलमा प्रतिबन्ध लगाउन सक्छ ? अनि रुसले ग्याँसको पाइपलाइन बन्द गर्न सक्छ ?

२४ फागुन, २०७८

मुख्यगरी इन्धन आपूर्तिको ठुलो हिस्सा ओगटेकाले पनि रुस बलियो मुलुक बन्न सफल छ । युरोपियन मुलुकमा ३० प्रतिशत इन्धन र ४० प्रतिशत ग्याँस रुसबाट आपूर्ति हुन्छ ।

पश्चिमा मुलुकले रुसको तेलमा प्रतिबन्ध लगाउन सक्छ ? अनि रुसले ग्याँसको पाइपलाइन बन्द गर्न सक्छ ?

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,

युक्रेनमाथि रुसको सैन्य आक्रमणमाथि अहिले विश्वको ध्यान केन्द्रित छ । आकास, जल र स्थलबाटै उसले विगत दुई सातादेखि युक्रेनको सैन्य टुकडीहरुमा हमला गरिरहेको छ । 

युद्धको असर नेपालमा समेत परेको विज्ञहरु बताउँदै आएका बेला पश्चिमा मुलुकले रुसको तेलमा प्रतिबन्ध लगाउन सक्छ ? अनि रुसले ग्याँसको पाइपलाइन बन्द गर्न सक्छ ? भनेर एउटा दरिलो प्रश्न खडा भएको छ । 

त्यसको असर विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थमा परिसकेको छ । विश्वकै ध्यान रुसबाट आउने ग्याँस र पेट्रोलियम पदार्थमा परिरहेको छ । युद्धको असर नेपालमा समेत परेको विज्ञहरु बताउँदै आएका बेला पश्चिमा मुलुकले रुसको तेलमा प्रतिबन्ध लगाउन सक्छ ? अनि रुसले ग्याँसको पाइपलाइन बन्द गर्न सक्छ ? भनेर एउटा दरिलो प्रश्न खडा भएको छ । 

अमेरिकालगायत कतिपय मुलुकले रुसको तेलमा प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएका छन् । तर त्यसलाई अस्विकार गर्ने मुलुक पनि कम छैन । जर्मनी र नेदरल्याण्डले भने अमेरिकाको प्रस्ताव ठाडै अस्विकार गरिसकेको छ ।

त्यसैले यो विषय अहिले पेचिलो बनेर गएको छ । तर सितिमिति प्रतिबन्ध लाग्ने सम्भावना भने न्युन रहेको अन्तराष्ट्रिय अधिकारीहरु बताउँछन् । यसरी प्रतिबन्ध लगाएको खण्डमा अमेरिका तथा यूरोपियन मुलुकका लागि ठुलो संकट पैदा हुनसक्छ ।

मुख्यगरी इन्धन आपूर्तिको ठुलो हिस्सा ओगटेकाले पनि रुस बलियो मुलुक बन्न सफल छ । युरोपियन मुलुकमा ३० प्रतिशत इन्धन र ४० प्रतिशत ग्याँस रुसबाट आपूर्ति हुन्छ ।

उनीहरुलाई दोस्रो विकल्प खोज्न धेरै समय लाग्ने हुँदा अहिले नै त्यो निर्णय गरिहाल्ने अबस्था देखिँदैन । यसमा मुख्यगरी इन्धन आपूर्तिको ठुलो हिस्सा ओगटेकाले पनि रुस बलियो मुलुक बन्न सफल छ । युरोपियन मुलुकमा ३० प्रतिशत इन्धन र ४० प्रतिशत ग्याँस रुसबाट आपूर्ति हुन्छ ।

यदी त्यसो हुँदा ग्याँसको पाइप लाइन रुसले बन्द गरिदियो भने विश्व नै हाहाकार हुन्छ । तेलमा प्रतिबन्ध लगाएको खण्डमा ग्याँस पाइपलाइन बन्द गर्ने चेतावनी रुसले दिइसकेको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार रुसका उपप्रधानमन्त्री एलेक्सजेन्डर नोभोकले प्रतिबन्ध लागे त्यसको असर विश्वले नै भोग्नुपर्ने र ग्याँसको पाइपलाइन बन्द गरिदिने चेतावनी दिनुभएको छ ।