२२ बैशाख, २०८१ शनिबार

01:05:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यवसायीबीच एकता हुनुपर्छ’

Nepal Business

१ पुस, २०७८

व्यवसायीबीच एकता हुनुपर्छ’

तुलसिपुर, १ पुस । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले व्यवसायीबीच एकता आवश्यक रहेको बताउनुभएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा आजदेखि तुलसीपुरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै उहाँले हरेक कार्य गर्दा उद्योगी, व्यवसायीबीच एकता हुन आवश्यक रहेको बताउनुभयो । 

अहिले हरेक सामाजिक  सङ्घसंस्थामा पनि राजनीति देखा पर्ने भन्दै यसले विकृति मौलाएको उहाँको भनाइ थियो । उहाँले भाषणभन्दा पनि काममा ध्यान दिन नेतालाई आग्रह गनुभयो । “राजनीतिमा ईमान भएन भने त्यसको कुनै काम हुँदैन, हामीले जे बोल्छौं, त्यो गर्नुपर्छ”, उहाँले भन्नुभयो“त्यो गरेमा मात्रै जनताले स्वीकार गर्छन् ।” रासस