१ मंसिर, २०८१ शनिबार

03:35:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

१० चैत, २०७८

बोर्डले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

२ कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । बोर्डले फल्स पावरलाई चैत १० गते र सीवाईसी नेपाललाई चैत ९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो।

बोर्डको अनुमति पाएसँगै रिभर फल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ३४ लाख ३० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।  

त्यस्तै,बोर्डको अनुमतिसँगै सीवाईसीले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नेछ। यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।