७ मंसिर, २०८१ शुक्रबार
07:04:45 AM
१० चैत, २०७८
बिहीबार कूल २२४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं ।
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार घटेको छ । बिहीबार सेयर बजार १६.६९ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा पुगेको छ ।
बिहीबार नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा पुगेको छ । बिहीबार कूल २२४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको तुलनामा बिहीबार सेयर कारोबार भने बढेको । बुधबार २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने इमर्जीङ नेपालको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, युनाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ।
बिहीबार सर्वाधिक कारोबार हुनेमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यसदिन लघुवित्तको ३० करोड ६३ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेपाल फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयर मूल्य ४.६७ प्रतिशतले घटेर ६ सय ३३ रूपैयाँमा आइपुगेको छ ।