६ मंसिर, २०८१ बिहिबार

09:37:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक : उच्च अङ्कको गिरावट

Nepal Business

१ पुस, २०७८

नेप्से परिसूचक : उच्च अङ्कको गिरावट

काठमाडौँ, १ पुस । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५=८३ अङ्कले ओरालो लागेर ४५३=५३ मा पुगेको छ ।

कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अङ्कले मात्रै उकालो लाग्यो ।

यस्तै बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु नौ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो । नेपाल बङ्गलादेश बैंक रु सात करोड आठ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स रु छ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी रु छ करोड ८७ लाख ३३ हजार ५६६ र नेशनल हाइड्रोपावर रु छ  करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५।३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले  चार प्रतिशतले कमाए ।

त्यस्तै, ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६.११ प्रतिशतले गुमाए । बिहीबारको कारोबार पछि बजार पूँजीकरण रु ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४७२ बराबर पुगेको छ । रासस