१ मंसिर, २०८१ शनिबार
05:30:49 PM
९ चैत, २०७८
लघुवित्तको आईपीओ आउँदोे साता नेप्सेमा सूचीकृत हुन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
काठमाडौं ।
लगानीकर्ताहरुलाई नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेप्सेमा कहिले सूचीकृत होला र दोस्रो बजारमा कारोबारमा आउला भन्ने चासोको बिषय बनेको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो ।
उक्त आईपीओ फागुन २४ गते बाँडफाँड पनि भइसकेको छ । लघुवित्तको आईपीओ आउँदोे साता नेप्सेमा सूचीकृत हुन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको र आउँदो साता आइतबार वा सोमबारसम्म आईपीओ नेप्सेमा सूचीकरण हुन सक्ने क्यापिटलले जनाएको हो । आईपीओ नेप्सेमा सूचीकरण भएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।