१० मंसिर, २०८१ सोमबार
05:52:24 AM
९ चैत, २०७८
बुधबार नेप्सेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।
काठमाडौं ।
आज (चैत ९ गते बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो । नेप्सेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद बापतको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
बैंकले पुस ७ गतेदेखि माघ १२ गतेसम्म १ः१को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचिकृत भएको हो ।