१ मंसिर, २०८१ शनिबार
05:33:20 PM
९ चैत, २०७८
बुधबार कूल २२६ वटा कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं ।
आज (चैत ९ गते बुधबार) सेयर बजार घटेको छ । बुधबार सेयर बजार २०.३४ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा पुगेको छ ।
बुधबार नेप्से ०.७७ प्रतिशतले घटेको हो । यसदिन सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा पुगेको छ । बुधबार कूल २२६ वटा कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ४५ रूपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्सस्तै, बुधबार इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय ९१ रूपैयाँ ६० पुगेको छ । बुधबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन बैंकको ८ करोड ४१ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
बुधबार बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बुद्धभूमिको सेयरमूल्य ३.५८ प्रतिशतले घटेर ६ सय ४६ रूपैयाँमा आइपुगेको छ । बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।