८ मंसिर, २०८१ शनिबार

07:17:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

९ चैत, २०७८

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् ।

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा  विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् ।
 
तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।

दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा बुधबार बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा जानुभएको थियो । उहाँलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गर्नुभएको थियो ।