६ मंसिर, २०८१ बिहिबार
09:28:06 PM
९ चैत, २०७८
लाभांश वितरण र सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्
काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । सिद्धार्थ इन्स्योरेन्सले चैत ३० गते २० औँ वार्षिक साधारणसभा बोलाएको हो । कम्पनी सञ्चालक समितिको चैत ८ गते मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्ताव पारित गर्नेछ ।
लाभांश वितरण र सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।