१ मंसिर, २०८१ शनिबार

04:22:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपी पावरको हकप्रद सेयर खुल्ला, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

९ चैत, २०७८

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

अपी पावरको हकप्रद सेयर खुल्ला, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

काठमाण्डौं–अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै चैत्र २५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने जानकारी दिएको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीको हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल बैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

यस्तै कम्पनीका अनुसार चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

हकप्रद प्रयोजनका लागि हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते (सोमबार)  बुकक्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुत्तिलनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर, दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ।

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ।

उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ। आगामी वर्षदेखि यो आयोजना संचालनमा आउनेछ। हकप्रदबाट संकलित पूँजी यसै आयोजनाको निर्माणमा लागि रहेको कम्पनीले जानकारी दिएको छ।

फागनु २६ गते कम्पनीले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो। कम्पनीले गत असोज २५ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।