२४ बैशाख, २०८१ सोमबार

07:52:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इलाममा दुई हजार किलो छुर्पी बरामद

९ चैत, २०७८

झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाम ।  अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो ४० बोरा छुर्पी प्रहरीले बरामद गरेको छ ।

रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । 

प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो । 

जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।