२३ बैशाख, २०८१ आइतबार

06:45:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टेलिकमको टावर बन्दै

Nepal Business

१ पुस, २०७८

जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पुग्ने उदेश्यले अहिले टेलिकमले आपनो टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनु भयो ।

टेलिकमको टावर बन्दै


काठमाण्डौं, पुस १ 
डोटी जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्नो जिएसएम तथा फोरजी टावर निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले यस जिल्लाका नौवटै स्थानीय तहमा फोरजी  तथा फोन सेवा विस्तारका लागि काम अगाडी बढाएको छ । 
जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पुग्ने उदेश्यले अहिले टेलिकमले आपनो टावर निर्माण गर्न थालेको नेपाल टेलिकम  दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनु भयो । 
गाउँ गाउँमा फोरजी र सडक फोन  सेवा विस्तार गर्ने लक्ष्य अनुसार अहिले टावर निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने र विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो । 
यहाँका कतिपय ठाँउमा टावर निर्माण नभएका कारण फोन गर्नेकै लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता अहिलेपनि कायमै रहेको छ । केहि दिनभित्रै टावर निर्माण सम्पन्न भई सञ्चालन गरिने नेपाल टेलिकमको सुदूरपश्मि प्रदेश कार्यलय अतरियाले बताएको छ ।