८ मंसिर, २०८१ शनिबार

04:16:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सको आईपीओमा कति पर्याे आवेदन ?

८ चैत, २०७८

कम्पनीको आईपीओमा पहिलो दिन साँझ ५ बजेसम्म ४ लाख ३२ हजार ४ सय २१ जना आवेदकबाट ५४ लाख ५८ हजार ९ सय ६० कित्ता आईपीओको लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।

ग्रीन भेन्चर्सको आईपीओमा कति पर्याे आवेदन ?

काठमाडौं ।
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन परेको छ । ग्रीन भेन्चर्स कम्पनीले आज (चैत्र ८ गते, मंगलबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेका हो । कम्पनीको आईपीओमा पहिलो दिन साँझ ५ बजेसम्म ४ लाख ३२ हजार ४ सय २१ जना आवेदकबाट ५४ लाख ५८ हजार ९ सय ६० कित्ता आईपीओको लागि आवेदन दिएको सीडीएसले जनाएको छ । 

यो सर्वसाधारणको लागि छुट्टाएको भन्दा १.९० गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  सो आईपीओमा लगानीकर्ताले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा तोकिएको जति आवेदन नपरेमा चैत २२ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।