१६ कार्तिक, २०८१ शुक्रबार
04:50:17 AM
८ चैत, २०७८
मंगलबार कूल २३५ वटा कम्पनीको ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं ।
आज (चैत ८ गते मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा पुगेको छ । नेप्से ०.४८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४९८.३६ मा पुगेको छ ।
मंगलबार कूल २३५ वटा कम्पनीको ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन इमर्जिङ नेपालको सेयरमूल्य ५७ रुपियाँ १० पैसाले बढेर ६२८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।
मंगलबार प्रभु इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन इन्स्योरेन्सको १५ करोड ३३ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
यस दिन इन्स्योरेन्सको सेयर मूल्य ३.६६ प्रतिशतले घटेर ४ सय ३९ रूपैयाँमा आइपुगेको छ । मंगलबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।