४ जेठ, २०८१ शुक्रबार

08:17:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस दर, कुन योजनामा कति ?

८ चैत, २०७८

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सानिमा लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस दर, कुन योजनामा कति ?

काठमाडौं ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमा योजना (रेगुलर) मा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७० रुपैयाँ र सावधिक बीमा योजना (एकल) मा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस कायम गरिएको छ ।

त्रिपल सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रूपैयाँ र  वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार २० रूपैयाँदेखि अधिकतम २३ रूपैयाँसम्म बोनस पाइने छ ।