४ जेठ, २०८१ शुक्रबार

11:49:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सगरमाथा इन्स्योरेन्स कम्पनीको ५ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

८ चैत, २०७८

सूचना प्रकाशन भएको मिति चैत ८ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन कम्पनीले आग्रह गरेको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको ५ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले ५ लाख ५५ हजार ५ सय ६९ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ ।
 
एक सूचना प्रकाशन गर्दै बिमकको संस्थापक सेयर बिक्री सम्बन्धी निर्देशिका २०७७ बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मिति चैत ८ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन कम्पनीले आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।