२२ बैशाख, २०८१ शनिबार

09:08:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवलले शुरु गर्यो श्रम बैंक पोर्टल, के गर्छ त्यसले ?

Nepal Business

७ चैत, २०७८

श्रम बैंकले बेरोजगार रहेका नागरिकहरुको पहिचान गरी यहाँका उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा रोजगारी दिलाउन सहयोग गर्ने

बुटवलले शुरु गर्यो श्रम बैंक पोर्टल, के गर्छ त्यसले ?

बुटवल,
बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टल ‘बुटवल रोजगार डटकम’ सञ्चालन गरेको छ ।

रोजगारदातासँग समन्वय गरी बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अनलाइन पोर्टलको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सोमबार शुभारम्भ गर्नुभयो ।

रोजगारदातासँग समन्वय गरी बेरोजगार नागरिकलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अनलाइन पोर्टलको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सोमबार शुभारम्भ गर्नुभयो ।

प्रमुख सुवेदीले श्रम बजारमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न र बेरोजगारी अन्त्य गर्न अनलाइन पोर्टलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

श्रम बैंकले बेरोजगार रहेका नागरिकहरुको पहिचान गरी यहाँका उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा रोजगारी दिलाउन सहयोग गर्ने जनाउँदै सुवेदीले अनलाइनमा आफ्नो सीप र क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिन सकिने बताउनुभयो ।

उपप्रमुख गुमादेवी आचार्यले समृद्ध बुटवल खुसी बुटवलवासीको सपना साकार पर्न यसले सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले स्वदेशको श्रम शक्तिलाई स्वदेशमै व्यवस्थापन गरी आर्थिक समुन्नति हासिल गर्न श्रम बैंक प्रभावकारी हुने धारणा राख्नुभयो । 

श्रम बैंक स्थापनाका लागि सहकार्य गरेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले नयाँ अभ्यासको सुरुआत गरेको भन्दै नागरिकलाई खुसी बनाउन रोजगारी अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । 

श्रम बैंक पोर्टलमा अहिलेसम्म दुई हजारभन्दा बढी रोजगार चाहनेहरुको तथ्याङ्क राख्ने काम भइसकेको प्राविधिक मनोज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोजगारी चाहने नागरिकलले बुटवल रोजगार डटकममा गई आवश्यक रोजगारी, सेवासुविधा तथा सबै विवरणसहित अनलाइन फारम भर्न सकिने छ भने रोजगारदातले यो बैंकमार्फत आवश्यक जनशक्ति व्यवस्थापनका लागि फाइदा लिन सक्नेछन् ।