८ जेठ, २०८१ मंगलबार

01:21:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगोले जलेर ५ जनाको मृत्यु

१ पुस, २०७८

आगलागीमा सर्लाहीको कविलासी नगरपालिका-७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर र नसिर खाँको अत्यधिक मदिरा सेवन गरेर घुर ताप्दा शरीरमा आगो लागेर मृत्यु भएको हो । त्यसैगरी डोल्पामा जगदुल्ला गाउँपालिका-१ हुरीकोटका ६० वर्षीय धावाटसीको लडेर ज्यान गएको हो ।

आगोले जलेर ५ जनाको मृत्यु

 
काठमाण्डौं, पुस १
सर्लाहीमा र जाजरकोटमा आगोले जलेर पाँच जनाको मृत्यु भएको छ । परालले बनेको घरमा  विद्युत् सर्ट भएर आगलागी हुँदा तीन जना, मलङ्गवा-६ खुटौनामा घुर ताप्दा जलेर एक र डोल्पामा एक जनाको मृत्यु भएको छ  ।

आगलागीमा सर्लाहीको कविलासी नगरपालिका-७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर र नसिर खाँको अत्यधिक मदिरा सेवन गरेर घुर ताप्दा शरीरमा आगो लागेर मृत्यु भएको हो । त्यसैगरी डोल्पामा जगदुल्ला गाउँपालिका-१ हुरीकोटका ६० वर्षीय धावाटसीको लडेर ज्यान गएको हो ।     
आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले जलेर जोगी महरा आफैँ र उहाँकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । 

मलङ्गवामा आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राती जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भयो । उनी अधिक मदिरा सेवन गरी राती घुर तापेर बस्दा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिनुभयो ।  
हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर घाइते भएका लामालाई उपचारका लागी हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।