१ जेठ, २०८१ मंगलबार

05:59:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शौच गराएर निकालियो एक करोडको सुन, भारतीय नागरिक पक्राउ

Nepal Business

७ चैत, २०७८

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि संकास्पद देखिएपछि निजलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

शौच गराएर निकालियो एक करोडको सुन, भारतीय नागरिक पक्राउ

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरीले शौच गराएर एक करोड आठ लाख मूल्य पर्ने एक किलो बढी शुरु निकालेको छ । 

मलद्धारमा लुकाएर ल्याएको पाइएपछि उनलई विमानस्थलको शौचालयमा लगी शौच गर्न लगाएर निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो 

उक्त अबैध सुन मलद्धारमा लुकाएर ल्याएको पाइएपछि उनलई विमानस्थलको शौचालयमा लगी शौच गर्न लगाएर निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक वर्ष ३८ को शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि संकास्पद देखिएपछि निजलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो । 

उनलाई कार्यालयको आगमन भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पु¥याई शौच गर्न लगाउँदा निजको मलद्वारबाट हरियो रङ्गको टेपले बेरिएको प्लाष्टिक भित्र बेलनाकार बनाइएको ल्याइएको २ थान अर्धठोस सुनको पोका बरामद गरिएको हो । 

उक्त सुन एक हजार २६८ ग्राम रहेको र यसको हालको मुल्य रु एक करोड, ८ लाख ४९ हजार रहेको प्रहरीले जनाएको छ । 

सुन अबैध रुपमा लुकाइछिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको ढकालले बताउनुभयो ।