८ मंसिर, २०८१ शनिबार

02:09:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ऋण तिर्न ऋण लिने अवस्थामा कसरी पुग्यो श्रीलंका ? श्रीलंकाको आर्थिक समस्याबाट नेपालले के सिक्ने ?

केशव आचार्य ।

७ चैत, २०७८

१० प्रतिशतभन्दा बढी योगदान पुर्याउने पर्यटन क्षेत्र ठप्प बनेपछि २ लाख ५० हजार जना श्रीलंकाली जनताले रोजगारी गुमाउन पुगे । आजभोली श्रीलंकामा विदेशी मुद्रा, खाद्यान्न, इन्धन र औषधिको चरम अभाव छ ।

केशव आचार्य ।
काठमाण्डौं । श्रीलंका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य राष्ट्र हो । लामो समयसम्म चलेको गृहयुद्धको समाप्तीसंगै आर्थिक समृद्धिका लागि लम्किरहेको थियो । सन् २०१९ मा भएको आतंकवादी आक्रमण र कोभिड–१९को कारण श्रीलंकाको पर्यटन क्षेत्र प्रभावित बन्यो । आम्दानीको प्रमुख स्रोत रहेको पर्यटन क्षेत्र प्रभावित बनेसँगै अर्थतन्त्र पनि संकटमा फस्दै गयो ।

देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान पुर्याउने पर्यटन क्षेत्र ठप्प बनेपछि २ लाख ५० हजार जना श्रीलंकाली जनताले रोजगारी गुमाउन पुगे । आजभोली श्रीलंकामा विदेशी मुद्रा, खाद्यान्न, इन्धन र औषधिको चरम अभाव छ । जसका कारण २ करोड २० लाख जनताको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ ।

दैनिक उपभोग्य सामानको अभावले किन्ने मानिसहरूको लाम लागेको छ । उनीहरु खरिदकै लागि घण्टौं लाममा बस्न बाध्य बनेका छन् ।

पछिल्लो महिनादेखि इन्धनको चरम अभाव खड्किएको छ । इन्धन किन्नका लागि मानिसहरू घण्टौं पर्खन बाध्य छन् । लाममै बस्ने क्रममा २ जनाको मृत्यु पनि भैसकेको श्रीलंकाली अधिकारीहरुबाट बताइएको छ ।

दैनिक उपभोग्य सामाग्रीहरुको अभाव भएपछि सरकारले कोटा निर्धारण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

श्रीलंकासँग कागज किन्ने पैसा नभएपछि विद्यालय तहका परीक्षा  स्थगित भएको छ । श्रीलंकामा चरम आर्थिक संकट भएपछि कागज किन्ने पैसासमेत नभएर परीक्षा स्थगित गर्नु परेको जनाइएको छ ।

कागज र मसीको अभावका कारण देशभरका ४५ लाख विद्यार्थी प्रभावित हुनपुगेका छन् । विदेशी मुद्राको अभावका कारण श्रीलंका सन् १९४८ यताकै गम्भीर आर्थिक संकटमा परेको छ ।

कसरी फस्यो आर्थिक संकटको दलदलमा ?

श्रीलंका आर्थिक संकटको दलदलमा फस्नुको प्रमुख कारण विदेशी ऋणको भार हो । चीन लगायतका देशबाट ऋण लिएर विभिन्न परियोजना निर्माण गरेको श्रीलंकाको अर्थतन्त्र आतंकवादी हमला र कोभिड–१९ को महामारीसँगै संकटमा पर्दै गयो ।

श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप १ अर्ब डलर ऋण लिएको थियो ।

राष्ट्रपति गोटावया राजापाक्षले यसैवर्षको जनवरीमा चीनलाई तिर्नुपर्ने १ करोड डलर ऋणको समयसीमा बढाइदिन आग्रह समेत गर्नु भएको थियो । तर चीनले यसबारेमा कुनै स्पष्ट जवाफ दिएको छैन ।

यसै वर्षमा श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ । एक तिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ ।

अर्थतन्त्र ओरालो लाग्दै गए पनि श्रीलंकाले आफ्नो मुद्रालाई अमेरिकी डलरको तुलनामा १५ प्रतिशतले अवमूल्यन गर्यो । मुद्रा अवमूल्यन भएपछि आयातित वस्तुको भाउ निकै महँगिएको छ ।

राजधानी कोलम्बोलगायत मुख्य सहरमा राजनीतिक दल र नागरिक समूहहरूले सरकारविरोधी प्रदर्शनहरू चर्किएका छन् । देशमा आर्थिक संकटकालका लागि सरकार जिम्मेवार भन्दै उनीहरूले राष्ट्रपति  राजापाक्षको राजीनामा माग गरेका छन् ।

यसै वर्षमा श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ । एक तिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ ।

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन केही महिनाअघि सरकारले गाडी र मलको आयातमा रोक लगाएको थियो । जसका कारण चियालगायत अन्य उत्पादनमा नकारात्मक प्रभाव पर्यो ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले पनि श्रीलंकाको अर्थतन्त्रमाथि थप समस्या ल्यायो । रुसी आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिन पुग्यो ।

श्रीलंका ऊर्जाका लागि जलविद्युतसँगै कोइला र डिजेल प्लान्टमा निर्भर छ । यसवर्ष वर्षा कम भएका कारण विद्युतमा कमि आयो । जसका कारण कोइला र डिजेलको आयात बढ्यो । तर पछिल्ला दिनमा डिजेल तथा कोइला किन्न नसकेर प्लान्ट बन्द भएपछि लोडसेडिङका कारण उद्योग व्यवसायसमेत प्रभावित भएका छन् ।

पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो ।

सरकारसँग खर्च जुटाउने कुनै उपाय नभएपछि राजापाक्ष सरकारले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग सहयोगका लागि आग्रह गरेको छ । आर्थिक संकटबाट बच्न श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिने बारेमा छलफल पनि गरेको छ ।

अब आईएमएफले आवश्यक प्रक्रिया पूरा गरेर श्रीलंकाली अर्थतन्त्र सुधार्न सहयोग गर्ने भए पनि त्यो निकै ढिला भइसकेकाले लामो समयसम्म जनताको जनजीवन निकै कठिन बन्नेछ ।

सार्क राष्ट्रहरुलाई कस्तो शिक्षा ?

आज सार्क सदस्य राष्ट्र श्रीलंका ऋण धरापमा फसेको छ । लिएको ऋणको ब्याज तिर्न नसकी ब्याज तिर्न पनि पूनः ऋणै लिनु पर्ने अवस्था ऋण धराप हो । देशको अर्थतन्त्र ऋण धरापमा पर्नु भनेको त्यो देशको अर्थतन्त्र खुकुरीको धारमा अडिनु हो । कतिखेर खुकुरीको धार कता पल्टिन्छ थाह हुँदैन ।

आज सार्क सदस्य राष्ट्र श्रीलंका ऋण धरापमा फसेको छ । लिएको ऋणको ब्याज तिर्न नसकी ब्याज तिर्न पनि पूनः ऋणै लिनु पर्ने अवस्था ऋण धराप हो । देशको अर्थतन्त्र ऋण धरापमा पर्नु भनेको त्यो देशको अर्थतन्त्र खुकुरीको धारमा अडिनु हो । कतिखेर खुकुरीको धार कता पल्टिन्छ थाह हुँदैन ।

सार्क राष्ट्रहरुको आर्थिक अवस्था मध्येमस्तरको मानिन्छ । यिनको प्रतिव्यक्ति आय र जिडीपीको अवस्था मजबुत भैसकेको छैन । अधिकांश सदस्य राष्ट्रहरुको निर्यातको हिस्सा अन्तराष्ट्रिय बजारमा कमजोर रहेको छ ।

जिडीपीको ठूलो हिस्सा रेमिट्यान्समा निर्भर छ । सबैले घाटा बजेट अवलम्बन गरिरहेका छन् । घाटा बजेट पूर्तिको स्रोत आन्तरिक र वाह्य ऋण तथा विदेशी अनुदान हो ।

बार्षिक बजेट विदेशी ऋण र अनुदानमा निर्भर छ । जुन साधारण बजेटमा मात्र खर्च हुनपुग्दा थप वस्तु तथा सेवा उत्पादन हुँदैन । देशले लिएको ऋण उत्पादनहीन हुन पुग्छ ।

यावत् जीवेत सुखम जीवेत ऋणम् कृत्वा घृतम् पिवेत । सुखैसँग जीउने र ऋणै गरेर भएपनि घ्यू नै खाने सरकारी प्रवृतिका कारण विशेषतः सार्क राष्ट्रहरु ऋणको दलदलमा फस्दै गएका छन् ।

नेपालको अवस्था के ?

नेपाल पनि सार्ककै सदस्य राष्ट्र हो । भू–परिवेष्ठित ग्रामीण अर्थतन्त्र रहेको मुलुक आयातमा निर्भर रहँदै आएको छ । यसले करिब ४० प्रतिशतको हाराहारीमा घाटा बजेट अवलम्बन गरिरहेको छ । निर्यातको तुलनामा लगभग ९.५० गुणाले आयात भैरहेको आयातमुखी अर्थतन्त्र विद्यमान छ । हालसम्म कुनैपनि वस्तुको उत्पादनमा पूर्णतः निर्भर हुन सकिरहेको छैन ।

पछिल्ला दिनमा नेपाल पनि श्रीलंका जस्तै ऋण धरापमा फस्ने सम्भावना तिब्र छ । नेपालको बार्षिक बजेट भन्दा ऋणको अंश ठूलो छ । आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा सरकारको ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । यसको आधारमा प्रतिव्यक्ति राष्ट्रिय ऋण ५६ हजार ८ सय ४२ रुपैयाँ हुन आउँछ ।

यसैगरी ऋण बढ्दै जाने हो भने सन् २०२४ सम्ममा कूल राष्ट्रिय ऋण जिडीपीको ५७.१२ प्रतिशत पुग्न सक्ने अनुमान छ । त्यस बेलासम्म नेपालीको प्रतिव्यक्ति राष्ट्रिय ऋण १ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको हो ।

नेपाल भू–परिवेष्टित मुलुक हो भने श्रीलंका समुद्री सतहसँग आवद्ध भएको मुलुक हो । श्रीलंकाको साक्षारता दर सार्कमै उच्च छ तर नेपालको साक्षारता दर ७० प्रतिशतको हाराहारीमा छ । क्षेत्रफलमा श्रीलंका सानो भएपनि आर्थिक क्रियाकलापको हिसाबले अग्रस्थानमा नै छ ।

समुद्री सतहसँग प्रत्यक्ष जोडिएको मुलुक भएकोले वस्तुको बजारमूल्य कम हुनगई प्रतिव्यक्ति क्रय क्षमता श्रीलंकाकै उच्च हुन्छ । किनभने उसको वस्तुको आयातित लागत कम छ । हाल यि दुवै देशको आर्थिक धरातल कमजोर छ । ऋणको दलदलमा नेपाल र श्रीलंका दुबै फसिरहेका छन् ।