४ जेठ, २०८१ शुक्रबार

08:42:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्ती ब्याज दिनुपर्ने

७ चैत, २०७८

बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई कारवाही गरिने

समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्ती ब्याज दिनुपर्ने

काठमाडौं ।
जानीजानी समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीहरुका लागि बीमा समितिले नयाँ व्यवस्था गर्ने भएको छ । बीमा समितिले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीको हिसाबले बीमा रकमको ब्याज दिनुपर्ने व्यवस्था गर्ने भएको हो ।

चैत ६ गते आइतबार बीमा समितिको आयोजनामा ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले समयमै दाबी भुक्तानी नदिएमा दिनगन्ती गरेर बीमा रकमको ब्याज समेत दिनुपर्ने व्यवस्था गर्न लागेको बताउनु भएको हो ।
 
सिलवालले बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिनुभएको छ । बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

राष्ट्रिय बीमा नीति ल्याउन समितिले सरकारलाई मस्यौदा बुझाइसकेको उहाँले बताउनुभयो । सोही कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउनुभयो ।