१ मंसिर, २०८१ शनिबार

06:10:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

७ चैत, २०७८

सोमबार नेप्सेमा नेपाल एसबीआई बैंक लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

सोमबार नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं ।
आज (चैत ७ गते सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा नेपाल एसबीआई बैंक लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

सोमबार नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३६ लाख २५ हजार ५ सय ८५ दशमलव ५४ कित्ता सेयर सूचिकृत भएको हो । त्यस्तै, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८ सय ८८ दशमलव ८० कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तैगरी, नेपाल एसबीआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस बापतको ३३ लाख २२ हजार ७ सय ५२ दशमलव २६०३ कित्ता सेयर सूचिकृत भएको हो । साथै, पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस बापतको ७ लाख ७७ हजार ७ सय ४० दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।