१ भदौ, २०८२ आइतबार

04:01:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१७.९९ अंकले बढ्यो सेयर बजार, नेपाल टेलिकमको सर्वाधिक कारोबार

७ चैत, २०७८

सोमबार कूल २३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

१७.९९ अंकले बढ्यो सेयर बजार, नेपाल टेलिकमको सर्वाधिक कारोबार

काठमाडौं ।
साताको दोस्रो कारोबारको दिन आज (चैत ७ गते सोमबार) सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ । नेप्से ०.६९ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेको छ ।

सोमबार कूल २३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार इमर्जिङ्ग नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इमर्जिङ्ग नेपाल कम्पनीको सेयरमूल्य सोमबार ५१ रुपैयाँ ९० पैसा बढेर ५७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सोमबार ङादी ग्रुप पावरको सेयरमूल्य पनि साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको २० करोड ९४ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।