२४ बैशाख, २०८१ सोमबार

02:11:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्डको बोली फेरियो, शेयर लगानीकर्ताको हितमा रहेको दावी

Nepal Business

१ पुस, २०७८

प्रचण्डको बोली फेरियो, शेयर लगानीकर्ताको हितमा रहेको दावी

पौष १, काठमाण्डौ 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू स्पष्ट रहेको बताउनुभएको छ । उँहाले लगानीकर्ताको हितमा आँच आउने कुनै काम हुन नदिने भन्दै आफु सदैब शेयर लगानीकर्ताको पक्षमा रहेकोसमेत उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।” उहाँले झूठो प्रचारबाट भ्रमित नहुन सम्पूर्ण शेयर लगानीकर्ता जनसमुदायलाई अनुरोध पनि गर्नुभएको छ । केहीदिन अघि शेयरमा बारे बोल्नुभएका प्रचण्डले शेयर बजारलाई साम्राज्यवादको साधन भन्दै टिप्पणी गर्नुभएको थियो । 

यसैबीच पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । उहाँले भन्नुभएको छ, “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” अध्यक्ष प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै  खण्डन गर्नुभएको हो । साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाउनुभएको छ । एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताउनुभएको थियो । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गर्नुभएको छ । 

अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणी भन्दै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको पनि सो विज्ञप्तिमार्फत् दाबी गर्नुभएको छ ।