१ मंसिर, २०८१ शनिबार

06:25:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ३.५५ अंकले बढ्यो नेप्से

७ चैत, २०७८

सोमबार प्रि ओपन सेसनमा १३ लाख ४३ हजार २३८ रुपैयाँ बराबरको १ हजार ८५६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा ३.५५ अंकले बढ्यो नेप्से

काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५५ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा बढेर सूचक २६२०.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६२ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से १४.६७ अंक घटेर २६१६.५९ विन्दुमा बन्द भएको थियो ।

सोमबार प्रि ओपन सेसनमा १३ लाख ४३ हजार २३८ रुपैयाँ बराबरको १ हजार ८५६ कित्ता सेयर खरिदबिक्री भएको छ।