१ मंसिर, २०८१ शनिबार
06:24:24 PM
७ चैत, २०७८
कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
काठमाडौं ।
छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइतबार सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ । कम्पनीले हाल काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।
छायाँ देवी कम्पलेक्सको करीब ३ लाख ५० हजार वर्ग फिटभन्दा धेरै निर्माण क्षेत्र रहेको छ । जस अन्तर्गत २०० ओटा विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तरराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल ’दि एलोफ्ट’ सञ्चालन भइरहेको छ ।
पर्यटकहरुको लागि लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित छायाँ देवी कम्पलेक्स नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्स रहेको कम्पनीले जनाएको छ ।