८ मंसिर, २०८१ शनिबार
05:57:38 AM
६ चैत, २०७८
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
काठमाडौं
पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा थप ३८२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।