४ जेठ, २०८१ शुक्रबार

11:49:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा नेपाल लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

६ चैत, २०७८

इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ०९ पैसा कायम हुनेगरी नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेमा नेपाल लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ०९ पैसा कायम हुनेगरी नेप्सेले मूल्य समायोजन गरेको हो । आइतबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय ३७ रूपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

कम्पनीले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।